Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

दाहाल र मोदीबीच हैदरावाद हाउसमा भर्खरै वार्ता सुरु भएको हो । दुई प्रधानमन्त्रीबीच करिब एक घण्टा वार्ता हुनेछ ।

वार्तापछि विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने तयारी छ ।

चार दिने भ्रमणमा जम्बो टोलीसहित बुधबार भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077