Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सभामुख घिमिरेले गरे निर्माणाधीन संघीय संसद भवनको अवलोकन

    सभामुख घिमिरेले गरे निर्माणाधीन संघीय संसद भवनको अवलोकन

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 561
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचित भएपछि पहिलो पटक सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्।

    सभामुखसँगै उपसभामुख इन्दिरा रानामगर, सहरी विकासमन्त्री सीता गुरुङ पनि अवलोकन निरीक्षणमा पुगेकी हुन् ।



    १५१ रोपनी जग्गामा निर्माणाधीन अत्याधुनिक ८ वटा मुख्य भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको सभामुख घिमिरेले बताए ।



    उनले निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन समेत दिए ।

    सङ्घीय संसद्का दुवै सदन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार