Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आईओसीले बिहीबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । यस्तै हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन ९आईओसी०ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077