Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित १५ अभियुक्तको बयान सकियो, खाँण र रिजालको भोलि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा बिहीबार टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान सकिएसँगै १५ जना अभियुक्तको बयान सकिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको अभियोग लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान भोलि लिइने छ ।

बयान दिएका सबैले जिल्ला अदालतमा न्यायधीशसामु इन्कारी बयान दिएको बताइएको छ । भोलि खाँण र रिजालको बयान सकाएर थुनछेक बहस सुरू हुनेछ ।

थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हुनेछ।

ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएका ३० मध्ये १३ जना अझै फरारको सूचीमा छन् । उनीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077