Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड र रवि लामिछाने गएको भोलिपल्ट बालेन शाह पनि भारत उडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चारदिने भारत भ्रमण गएको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि गएका छन् ।

उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत उडेका हुन् । उनी भारत जानुको कारण भने खुलाइएको छैन् । तर स्रोतका अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएको बुझिएको छ ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।

हिजो प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा निस्किएका थिए । उनले आज त्याहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । यस्तै बुधबार नै रास्वपाका सभापति रवि लामिछाने पनि पत्नीसहित भारत गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077