Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लमजुङ कारागारबाट भागेका दुई कैदी पुनः पक्राउ

    लमजुङ कारागारबाट भागेका दुई कैदी पुनः पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    लमजुङ । लमजुङ कारागारबाट फरार भएका दुवै जना कैदी पक्राउ परेका छन् ।

    फरार चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीसहर–१ चिप्लेटी र विनोद विकलाई बेसीसहर–२ चिसापानीको जंगलबाटबाट लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरिएको हो ।



    लमजुङको बेसीसहर नपा–८ सेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर बुधबार राति दुई बजे २ कैदी फरार भएका थिए ।



    फरार मध्येका जबरजस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार प्रहरीले बेसीसहर–२ चिसापानीको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    अर्का फरार रहेका गोरखा चुमनुब्री गाउँपालिका–३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीसहर–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार