Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘अखण्ड भारत’को नक्साप्रति पाकिस्तान सरकारको आपत्ति

एजेन्सी । भारतको नवनिर्मित संसद् भवनको भित्ताका राखिएको ‘अखण्ड भारत’को नक्साप्रति चौतर्फी विरोध शुरू भएको छ ।

पाकिस्तान सरकारले पनि भारतको नवनिर्मित संसद् भवनको भित्ताका अङ्कित ‘भित्ते चित्र’मा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका हो।

पाकिस्तानले यसलाई भारतको ‘आधिपत्यवादी र विस्तारवादी महत्त्वाकाङ्क्षा’ र ‘संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति’ भनेको छ।

शुक्रवार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यस्तो बताए । विदेश मन्त्रालयले अखण्ड भारतको विचारलाई भारतका सत्तारुढ दलसँग सम्बन्धित व्यक्तिहरूले जबरजस्ती रूपमा अघि बढाउनु गम्भीर चिन्ताको विषय भनेको छ।

भारतीय संसद्को भित्तामा अङ्कित ‘अखण्ड भारत’को उक्त नक्साप्रति नेपालका केही दल र तीनका राजनीतिक सङ्गठनहरूले पनि विरोध जनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077