Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय कम्पनी बीफोरयूले किन्यो नेपाली चलचित्र ‘परस्त्री’ को हिन्दी राइट

काठमाडौं । चलचित्र ‘परस्त्री’को म्युजिक राइट्स भारतीय म्युजिक कम्पनी ‘बीफोरयू’ मुभी एन्ड म्युजिकले खरिद गरेको छ ।

हिन्दी भाषामा डब भएको ‘परस्त्री’को म्युजिक राइट्स बीफोयू मुभी एन्ड म्युजिकले खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन्। फिल्म नेपालकै मितिमा भारतका हलमा पनि लाग्नेछ ।

चलचित्र विवाहपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077