Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिकाले बढायो भिसा आवेदन शुल्क

    अमेरिकाले बढायो भिसा आवेदन शुल्क

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको शुल्क बढाएको छ ।

    काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै भिसा शुल्क बढेको जानकारी दिएको हो ।



    दूतावासका अनुसार २०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुनेछ ।



    पेटिसनमा आधारित (एच, एल, ओ, पी, क्यू, आर) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् । ई भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछन् ।

    दूतावासको सूचनामा भनिएको छ,’अमेरिकी अर्थतन्त्रमा अन्तर्राष्ट्रिय यात्राले खेल्ने महत्त्वपूर्ण भूमिका हामीले बुझेका छौँ । भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी एक वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिन्छन् ।’

    दूतावासले अन्तर्राष्ट्रिय यात्राले अमेरिकी अर्थतन्त्रमा विशेष भूमिका खेल्नेसमेत जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार