काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
नेता सिंहले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए।
नेता सिंहले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔं। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौं भने अरू पार्टीको चुनौति सामना गर्नु पर्नेछैन।’
उनले अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने बताए।
उनले कांग्रेस पार्टीको जस्तो राम्रो विधारधारा भएको अन्य कुनै पार्टी नरहेको पनि जिकिर गरे।