Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, ८०३ जना घाइते

काठमाडौं । भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन्  ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने ८०३ जना घाइते छन्  ।

पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो । तर, दुर्घटना कसरी भयो भन्ने अझै खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077