Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद बैठकको नियमित कार्यक्रम स्थगत गर्न राप्रपाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको संसद बैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट छलफलपछि नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा प्रतिनिधि सभामा छलफल गराउन माग गर्दै स्थगित प्रस्ताव दर्ता गराएका हुन् ।

प्रतिनिधि सभा नियमावलीको नियम ७४ मा अत्यन्त जरूरी सार्वजनिक महत्वको कुनै विषयमा छलफल गर्न सदस्यले बैठकको कार्यक्रम स्थगित गर्ने प्रस्ताव राख्ने व्यवस्था छ।

तर यस्तो प्रस्ताव सभामुखको अनुमतिले मात्र संसदमा पेश हुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न माग गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077