Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आतंकवादीसँग गोली हानाहान हुँदा दुई पाकिस्तानी सैनिकको मृत्यु

एजेन्सी । आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानस्थित् खैबर पख्तुनख्वाको बन्नु जिल्लामा भएको गोलीबारीमा दुई आतंककारी र दुई पाकिस्तानी सैनिकको मृत्यु भएको हो ।

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतंककारीलाई मारेको बताएको थियो।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतंकवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो।

पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर-आधारित अपरेशन (आईबीओ)मा दुई आतंककारीलाई गोली हानी मारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077