Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि एमाले विरोधमा उत्रियो : चित्रबहादुर केसी

    नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि एमाले विरोधमा उत्रियो : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनै नमिल्ने बताएका छन् ।

    अध्यक्ष केसीले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन नमिल्ने बताएका हुन् ।



    अध्यक्ष केसीले भने, ‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ। त्यसको विरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ ।’

    अध्यक्ष केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाए ।

    उनले नयाँ बनेको संसदमा अखण्ड भारत भनेर नेपाली भूमि राखेकोप्रति आँटिराखेको भनेर सरकार गम्भिर बन्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार