Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि एमाले विरोधमा उत्रियो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनै नमिल्ने बताएका छन् ।

अध्यक्ष केसीले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन नमिल्ने बताएका हुन् ।

अध्यक्ष केसीले भने, ‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ। त्यसको विरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ ।’

अध्यक्ष केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाए ।

उनले नयाँ बनेको संसदमा अखण्ड भारत भनेर नेपाली भूमि राखेकोप्रति आँटिराखेको भनेर सरकार गम्भिर बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077