काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ मा आइतबार रुदायणी देवीको १२ वर्षे मेलाको अवसरमा आयोजित देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समृद्धिको प्रतिफल आम जनताले पाउने गरी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु सरकारको उद्देश्य रहेको बताए ।
उनले भ्रष्टाचारको विकृति बढ्दै गएको बताए ।