Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १७९ वटा देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी

    १७९ वटा देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 837
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ ।

    योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।



    नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएका सबै देशमा सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन तर कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ ।



    आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै श्रम मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य भइरहेको बताएको छ ।

    सोही सम्मेलनमा श्रम मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने योजना जानकारी गराए ।

    दौत्य सम्बन्ध जहाँ-जहाँ कायम भएका छन्, ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार