Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोर्चुगल पठाइदिन्छु भनी १८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

    पोर्चुगल पठाइदिन्छु भनी १८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 594
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    दाङको घोराही उपमहानगरपालिका–१२ घर भई हाल काठमाडौंको सामाखुशी बस्ने वर्ष ३० की मन्जु रावत घर्ती १८ लाख रुपियाँ रकम ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ५० हजार रुपियाँ हुन्छ भनी राजिव बस्नेत समेत ३ जनालाई विश्वास दिलाएकी थिइन् ।



    उनले पीडितहरूबाट पटक पटक गरी १८ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार