Online Nepal
  • शनिबार, १० साउन २०८२
  • ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल

    ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ।

    जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार थुनछेक बहस सुरू भएको हो। थुनछेक बहस सकिएपछि मुद्दाका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश हुन्छ। जसलाई अदालती भाषामा ‘थुनछेक आदेश’ भनिन्छ।



    सामान्यतयाः अरू फौजदारी मुद्दामा अदालतले एक वा दुई दिन बहस गरी थुनछेक आदेश जारी गर्ने अभ्यास छ। तर शरणार्थी प्रकरणमा भने एक वा दुई दिनभित्रै आदेश हुने सम्भावना न्यून छ। शरणार्थी प्रकरणमा मुछिएका आरोपितलाई पाँचवटा कसुरमा मुद्दा चलाइएको छ।

    धेरै आरोपित र उनीहरूका पक्षमा बहस गर्ने कानुन व्यवसायीहरू पनि धेरै हुने भएकाले थुनछेक बहस सकिन कम्तीमा डेढ साता लाग्ने देखिएको छ। इजलासले १० दिनभित्रै बहस सकाएर थुनछेक आदेश जारी गर्ने योजना बनाएको छ।

    न्यायाधीश न्यौपानेले यही जेठ ३१ गतेसम्म आफूले थुनछेक आदेश दिन चाहेको बताएका छन्। बहसका लागि वादी (सरकार पक्ष) र प्रतिवादी (अभियुक्त पक्ष) का वकिललाई निश्चित समय व्यवस्थापन गरी बहस सकाएर ३१ गते साँझसम्म थुनछेक आदेश जारी गर्ने बताएका हुन्। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार