Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा खुल्यो

एजेन्सी । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ ।

गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।

बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल वे सेवा सुरु गरेका हुन् । उनले यो घटनाको दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077