Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ज्यान मार्ने मुद्दाका फरार अभियुक्त हमाल पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ज्यान मार्ने मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ८ घर भई हाल ललितपुर महानगरपालिका-९ च्यासल बस्दै आएका ३४ वर्षीय वसन्त हमाल रहेका छन् ।

हमाललाई आइतबार ललितपुर महानगरपालिकाको च्यासलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077