काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको दाबी गरेका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका हुन् ।
उनले संसद् राजनीतिक थलो भएको र संसद्मा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएकाले अवरुद्ध हुने विषय अनौठो उनको दाबी छ ।
‘संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ । तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो,’ उनले भने ।