Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री महतको दाबी – बजेट बनाउँदा कुनै अनधिकृत व्यक्ति पसेको छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणमा कहिँकतै केही कमजोरी नभएको दाबी गरेका छन् ।काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले बजेट निर्माणमा कोही प्रवेश नगरेको बताएका हुन् ।

करको दर हेरफेर गरी केही निश्चित घरानालाई पोस्नका लागि अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको समाचार बाहिर आएको थियो ।

‘म चुनौती दिएर भन्छु, अहिले पनि अर्थमन्त्रालयमा केही पस्यो कि भन्ने कुरा आएको छ जुन गलत छ। केही फाइदा उठाउन चाहनेहरू रिसाएको र त्यसो भनेको हुनसक्छन् तर त्यस्तो भएको छैन,’महतले भने, ‘त्यहाँका कर्मचारी वा सबैलाई सोध्नुस्। यति गर्दा पनि हिलो छ्याप्ने काम हुन्छ भने नेपालमा इमानदार भएर काम हुँदैन भन्ने बुझिन्छ ।’

उनले त्यो विषयमा कहि कतै पनि केही नभएको र कोहि नघुसेको स्पष्ट पारे । बजेट र राजस्वको दर चलाउने टिमले हस्ताक्षर गरेर टुंग्याएको विषय नै टाइप गर्नेले इन्ट्री गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077