Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नवलपरासीमा दम्पत्तिको विभत्स हत्या

नवलपरासी । नवलपरासीमा एक दम्पतीको विभत्स हत्या भएको छ।

नवलपरासीको प्रतापपुर गाउँपालिका-८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको हो ।

उनीहरुको सोमबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।

सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ। हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो। हत्याका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077