Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे स्वर्णिम वाग्लेले मागे अर्थमन्त्रीसँग जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेका छन् ।

मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे जवाफ मागेका हुन् ।

सांसद वाग्लेले भने, 'यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ? एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पु¥याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ? र, ३ करोड जनसंख्या भएको देशमा ३०/३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?'

सांसद वाग्लेले आफ्नो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको भन्दै पनि आएको भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे ।

सांसद वाग्लेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077