Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार २३ अंकले बढ्यो, झण्डै दुई अर्ब रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजार मंगलबार २५.६६ अंकले बढेको छ । नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ ।

२६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ ।

नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077