Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कम्बोडीया पठाईदिन्छु भन्दै ५ लाख ठगी, नयाँबानेश्वरबाट तामाङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कम्बोडिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपि गाउँपालिका-१ स्थाई घर भई हाल काठमाडौंको स्वयम्भु पाँचधारा बस्ने शेर बहादुर तामाङ रहेका छन् ।

तामाङले वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाई दिने भन्दै खुमबहादुर रानासंग ५ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

तामाङले कम्बोडीया पुगेपछि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरको काम लगाई दिने र मासिक डेढ लाख भन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङ ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077