Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनलाई ब्रसेल्स भ्रमण जान सरकारले दियो स्वीकृति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बेल्जियमको भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर बोलेनको भ्रमण स्वीकृत गरेको हो ।

जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन मेयर बालेन बेल्जियम जान लागेका हुन् ।

यस्तै आजकै मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077