Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै शिशुको हत्या आरोपमा चन्द्रागिरिबाट अन्सारी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नै शिशुको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका छन् ।

अन्सारीले १४ दिनका छोराको हत्या गरी फरार भएका थिए । फरार भएका अन्सारीलाई खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार गरेको थियो ।

त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077