Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोशी कांग्रेस संसदीय दलले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मासात गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रूपमा राजीनामा दिन आग्रह गरेको हो ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे ।

संसदीय दलका प्रमुख सचेतक राईले बजेटको समयमा अल्पमतमा परेको सरकारले राजीनामा दिनुको साटो प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले सरकार गैरजिम्मेवार भएको बताए ।

उनले विज्ञप्तिमा प्रदेशमा अझ झन् समस्या थप्न तिर सरकार उद्धत भएको स्पष्ट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077