Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमलेन्द्र निधि भन्छन् - नागरिकता विधेयकमा कोही बाधक बन्नु हुँदैन

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गरेका छन् ।

बुधबार जनकपुरधाममा अयोजित नेपाल मुस्लिम सङ्घ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकताविहीन रहेको अवस्था मधेसको घर–घरको समस्या रहेकाले संविधानको अवधारणाविपरीत नागरिकको भविष्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नरहेको बताए ।

जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको जानकारी गराउँदै निधिले अदालत संविधानको मर्मअनुुसार नै आएको नागरिकता कानूनको बाधक नबन्नेमा कांग्रेसलाई विश्वास रहेको भन्दै यदि अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन नेता, कार्यक्रतालाई निर्देशन दिए ।

नेता निधिले यो सरकार पाँच वर्ष चल्ने र तीन जना प्रधानमन्त्री बन्ने समेत बताए । पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (हाल), दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने नेता निधिले स्पष्ट पारे । उनले आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा आफू रहेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077