Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्न लागेको हो ।

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।

बैठक आज र भोलि २ दिन चल्ने नेसपाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077