Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपा सांसद अर्यालको प्रस्ताव - जमिनमुनिबाट निकालेको पानीको मात्राअनुसार शुल्क तोकौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भूमिगत पानी जसले जति निकाल्छ सोही अनुसार शुल्क निर्धारण गरिनुपर्ने माग राखेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने, 'भूमिगत पानीको पूर्नभरण गर्न र जसले जति पानी निकाल्छ सोही अनुशार शुल्क तोक्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

अहिले उपत्यकाबाट हरेक दिन जमिनमुनिबाट १३ करोड लिटर भन्दा बढी पानी तानिरहेको भन्दै उनले यसको जवाफ समेत माग गरे ।

‘सन् १९९० मा जापानी संस्था जाइकाले ४ वर्ष लगाएर काठमाडौं उपत्यकामा भूमिगत पानीको अध्ययन गरेको थियो,’ उनले भने, ‘अध्ययनबाट १० मिटर पानी घटेको पाइएपछि जाइकाले हरेक दिन १.५ करोड भन्दा बढी भूमिगत पानी नतान्न सिफरिस गरेको थियो । अहिले झण्डै ९ गुणा अर्थात हरेक दिन १३ कारोड लिटर भन्दा बढी पानी तान्ने गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077