Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिम घोषणा, को-को परे ?

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टिम घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले असार ६ बाट सुरु हुने च्याम्पियनसिपका लागि अन्तिम टिम घोषणा गरेका हुन्।

टिममा विमल पाण्डे, सिमान्त थापा, निशान्त खड्का, लकेन लिम्बू र आभास लामिछानेले पहिलो पटक स्थान पाएका छन्। च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्।

नेपालले असार ६ मा कुवेतसँग खेल्नेछ भने असार ९ मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिप तयारी अन्तर्गत नेपालले जेठ ३२ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ , दीप कार्की , विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे , सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ , निशान्त खड्का , रोहित चन्द , सिमन्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु , आभास लामिछाने

फरवार्डः आयुष घलान , नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट , मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077