Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सभामुख घिमिरेले गरे एनआरएनएका सचिव प्रविन गुरुङलाई सम्मान

    सभामुख घिमिरेले गरे एनआरएनएका सचिव प्रविन गुरुङलाई सम्मान

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका सचिव प्रविन गुरुङलाई सभामुख देवराज घिमिरेले सम्मान गरेका छन् ।

    फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा सभामुख घिमिरेले गुरुङलाई राष्ट्रिय विशेष सेवा सम्मान प्रदान गरेका हुन् ।



    गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गरेर देश विकासको लागि योगदान गरेको भन्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो।



    कतारस्थित एसियाना दोहोरी तथा गजल रेस्टुरेन्टका सञ्चालकसमेत रहेका गुरुङले नेपालको कला र संस्कृतिको जर्गेना गर्ने भूमिका खेलेका छन् ।

    संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार