Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सिमकोट । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।

बिहीबार बसेको कर्णाली प्रदेशसभाको बैठकले ३ दिन छलफलपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

सभामुख नन्दा गुरुङले २१ जेठमा प्रदेश प्रमुख तिलक परियारले पेस गरेको नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम बहुमतले पारित भएको घोषणा गरिन् ।

२३ जेठदेखि छलफल सुरु भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाई, एमालेका सांसद जितबहादुर मल्ल र विनोदकुमार शाहले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

उनीहरूले दर्ता गराएको संशोधन प्रस्ताव बिहीबारको बैठकबाट बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077