Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'अखण्ड भारत’को नक्साबारे भारतको जवाफ - नेपालले बुझिसक्यो, अब विवाद हुँदैन

काठमाडौं । भारतीय नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सालाई लिएर अब नेपाल र बंगलादेशले विवाद नगर्ने भारतले दाबी गरेको छ ।

बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद् भवनमा राखिएको नयाँ नक्साबारे नेपालसहित बंगलादेशले पनि बुझिसकेको टिप्पणी गरेका हुन् ।

उनले 'अखण्ड भारत'को नक्सा राजीनितक विषय नभएको पनि दाबी गरे । पत्रकारले उनलाई नेपाल, बंगलादेश र पाकिस्तानले नक्साबारे जनाएको असन्तुष्टिलाई लिएर प्रश्न गरेकी थिइन् ।

‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन्। उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ। यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन’, विदेशमन्त्री एस जयशंकरले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077