Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपकराज गिरीको तिखो व्यङ्ग्य – भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

काठमाडौं । कलाकार दीपकराज गिरीले बालेन शाह र अन्य नेतालाई तिखो व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जालमा अहिले ‘ग्रेटर नेपाल’ को चर्चा गर्माएको बेला कलाकार गिरीले बिहीबार दिउँसो बालेन र अन्य नेतालाई तिखो व्यङ्ग्य गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेनले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि उनको यस्तो टिप्पणी आएको हो ।

‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् रु भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077