Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेसपाको केन्द्रीय समिति बैठक आगामी योजना तथा कार्यक्रम तय गर्दै आज सकिने

काठमाडौं । नेपाल समाजवादी पार्टीको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सकिँदै छ ।

भक्तपुरमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्न लागेको हो । बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन् ।

यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077