Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रेशम चौधरीलाई स्वागत गरेपछि सरुवा भएका डिएसपी भाटको टीकापुरबाट बिदाई

    रेशम चौधरीलाई स्वागत गरेपछि सरुवा भएका डिएसपी भाटको टीकापुरबाट बिदाई

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 22.4K
    SHARES

    कैलाली । ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धब सिंह भाटको बिदाई गरिएको छ ।

    नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल नवलपरासी पश्‍चिम काज सरुवा सरुवा भएका डिएसपी भाटलाई बिहीबार ससम्मान बिदा गरिएको हो । रशेम चौधरीलाई स्वागत गरेपछि विवादमा तानिएपछि डिएसपी भाटलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको थियो ।



    तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखाको चलानी नं. १००९८ मिति २०८०।०२।१९ गतेको पत्र आदेशले ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीको कार्यालय प्रमुखको रुपमा कार्यरत डिएसपी भाट नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल नवलपरासी पश्‍चिम काज सरुवा भएको बताइएको छ ।



    बिहीबार कार्यालयमा कार्यररत प्रहरी कर्मचारीहरुले डिएसपी भाटलाई सम्मानुसहत बिदाई गरेका थिए । उनको स्थानमा काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणमा कार्यरत डिएसपी तुलसी अर्याल आउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार