Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा

    रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 67.4K
    SHARES

    कैलाली । इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख (डिएसपी) उद्धवसिंह भाटको काज सरुवा भएको छ । रेशम चौधरी जेलमुक्त भएको खुसीयालीमा स्वागत गर्न पुगेका उनलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सुरुवा गरिएको हो ।

    प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार इलाका प्रहरी कार्यालय टिकापुर प्रमुखको रुपमा डिएपी तुलसीराम अर्याललाई पठाइएको छ ।



    डिएसपी भाट टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेको अवस्थामा यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई स्वागत गर्न पुगेपछि विवादित बनेका थिए । रेशम गाडीबाट उर्लिने क्रममा हतार हतार गरेर खादा लिएर सार्वजनिक कार्यक्रमै बधाई दिएपछि उनी विवादमा तानिएका थिए ।



    उनको चर्को आलोचना भएको थियो । प्रहरीका उच्च अधिकारीलाई हत्या गरेको आरोप लागेका रेशमलाई नै डिएसपी भाट खादासहित स्वागत गर्न पुगेको भिडिओसमेत भाईरल छ । तर डिएसपी भाटले सामान्य शिष्टाचार र औपचारिकता मात्रै निभाएको भिडियोलाई अन्यथा प्रचार गरी बदनाम गराउन खोजिएको बताएका छन् ।

    यस्तै प्रहरी प्रधान कार्यालयले डिएसपी रविन्द्रमान गुरुङको पनि काज सरुवा गरेको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार