Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपालको फिफा महिला वरीयता खस्कियो

काठमाडौं । नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६० औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ।

त्यस्तै इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077