Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विचार र एजेण्डा मिल्ने पार्टीसँग एकताका लागि पहल नेपाल समाजवादी पार्टीको निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी लगायतका विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

पार्टीको बिहीबार र शुक्रबार २ दिन चलेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने बैठकको निर्णयमा भनिएको छ ।

समाजवादी केन्द्र/ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले निर्णय गर्ने पनि भएको छ।

त्यस्तै, केन्द्रीय समिति बैठकले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077