Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछामका एक जनाको भारतमा हत्या, हत्या आरोपमा एकजना पक्राउ

अछाम । भारतमा मजदुरीका लागि गएका अछामका एक जनाको हत्या भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका-१ का झुसे साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो ।

भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको त्यहीँ हत्या भएको परिवारले जनाएको छ । केही दिनदेखि वेपत्ता भएका साउँदको ४/५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको बताइएको छ ।

उनको के कारणले हत्या गरिएको हो भन्ने खुलेको छैन् । परिवारले दिएको जानकारी अनुसार पञ्जाव प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर ३ का एक जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । यता आफ्न्तले भने हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077