Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले सिनामंगलबाट एक लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

एनसीबीको टोलीले त्रिभुवन विमास्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको हो ।

आइतबार बिहान गोली प्रहार गरी लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको एनसीबीले जनाएको छ । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिसकेको छैन् ।

उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको थियो ।  पक्राउ परेका व्यक्तिबाट केही मात्रामा लागूऔषध बरामद गरिएको छ। खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

गोली प्रहारपछि घाइते भएका ती व्यक्तिलाई उपचारको लागि अस्पताल लगिएको एनसीबी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077