Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं। रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१४ बस्ने सुनिता न्यौपाने श्रेष्ठ रहेककी छन् ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुलचोकबाट पक्राउ गरेको हो । श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई दिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

श्रेष्ठले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका बास्तोलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077