Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रतिनिधि सभामा आज बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि उठेको प्रश्नबारे आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिन लागेका हुन् ।

जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो । करिब एक हप्तासम्म भएको छलफलमा भाग लिने अधिकांशले यसको विरोध गरेका छन्।

विरोध गर्नेमा सत्तारुढ सांसद छन् । त्यस्तै प्रतिपक्षी दलका सांसदहरुले बजेटले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, राजश्व संकलन लक्ष्य अविश्वसनिय रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077