Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तान र कोरियाका राजदूतहरूले बुझाए राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि पाकिस्तानका आवासीय राजदूत अब्रार हुसेन हुसेन हस्मी र  कोरियाका आवासीय राजदूत पार्क ताइयोङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077