Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमालेको बहिस्कारपछि सुदूरपश्चिम प्रदेशसभा बैठक भोलिसम्मलाई सर्‍यो

कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार (भोलि) सम्मका लागि स्थगित भएको छ।

सोमबार दिउँसो ३ बजे बसेको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेपछि एक घण्टा सरेको थियो।

सभामुख भीम भण्डारीले अब अर्को बैठक मंगलबार (भोलि) बिहान ११ बजेका लागि बोलाएका छन् ।

प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको थियो।

कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा एमालेले मन्त्रिपरिषद्को निर्णयको माग गर्दै सोमबारको बैठक अवरुद्ध पारेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077