Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्युठान कार दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्युठानमा भएको कार दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । कार दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तमा समवेदना प्रकट गरे ।

'प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ। उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,' समवेदनामा उल्लेख छ ।

स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा आठ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077