काठमाडौं । एसीसी इमर्जिङ कप महिला क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपालसँग पाकिस्तानको ‘ए’ टिमले प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयानुसार बिहान करिब पौने ७ बजेदेखि हङकङको मिसन रोडकमा खेल जारी छ ।
बलियो पाकिस्तानी टोलीको नेतृत्व फातिमाना सानाले गरेकी छन् । प्रतियोगिताको उपाधि दाबेदार पाकिस्तानसँग नेपाल सुखद् नतिजा निकाल्ने लक्ष्यमा छ।
थाईल्याण्डले भिसा प्रक्रियामा असहमति जनाउँदै सहभागी हुन अस्वीकार गरेपछि नेपालले इमर्जिङ कपमा मौका पाएको हो ।
नेपाल रहेको समूहमा पाकिस्ता ए टिम, भारत ए टिम र आयोजक हङकङ छन् ।